‘मिस नेपाल नर्थ अमेरिका’को फाइनलमा प्रियंकादेखि सदिक्षासम्म सहभागी हुने
न्यूयोर्क । डायस्पोराको प्रतिष्ठित मध्येको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका–२०२३’ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ ।
‘नेपाली महिलाहरूलाई सशक्तीकरण’ भन्ने मूल नारा दिइएको प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो । मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलाहरूलाई आफ्नो नेपाली भेषभुषा मौलिक कला संस्कृतिको साथै आफ्नो सामाजिक दायित्व साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडल बन्न उपयुक्त अवसर प्रदान गर्दै आएको छ ।
प्रतियोगिताको अन्तिम चरणको प्रतिस्प्रर्धामा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रीना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्की रहेका छन् ।
फिनालेमा सहभागी हुन हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, अभिनेत्री मिरुना मगर, मिस नेपाल वल्र्ड–२०१० सदिक्षा श्रेष्ठ, मिस नेपाल वल्र्ड–२०१५ इभाना मानन्धर, अभिनेता आयुष्मान जोशी, मोडल रेश्मा घिमिरे र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ लगायतको सहभागिता हुने आयोजक ड्रिम्स युनिभर्सलले जनाएको छ ।
मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण