सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

घोडामाथि नै ४० दिनको प्रतिबन्ध !

बिहीबार, २१ असार २०८०, १६ : ०७
बिहीबार, २१ असार २०८०

काठमाडौँ । बेलायतमा बुधबार सम्पन्न घोडा दौड प्रतियोगिताका क्रममा शंकास्पद भूमिका देखिएपछि एक घोडामाथि ४० दिनको प्रतिबन्ध लगाइएको छ । जोकी (घोडाको सवारी गर्ने व्यक्ति) माथि पनि छानबिन गरिने भएको छ । 

छानबिनका लागि पठाइएका जोकीको नाम डाइलन किट्स र घोडाको नाम हिल्सिन हो । उक्त प्रतियोगितामा किट्सले हिल्सिनको सवारी गरेका थिए । उक्त घोडा बुधबार वर्केस्टरमा आयोजित प्रतियोगितामा आश्चर्यजनक तरिकाले तेस्रो भएको थियो । 

त्यसपछि उक्त घोडा र घोडाको सवारी गर्ने जोकीमाथि विभिन्न प्रश्न उठाइएको थियो । त्यसैले प्रतियोगिताको आयोजकले आगामी ४० दिनसम्म उक्त घोडालाई दौडमा भाग लिन नदिने निर्णय लिएको समाचारमा जनाइएको छ । 

पाँच वर्ष उमेरको उक्त घोडालाई क्रिस अनरले तालिम दिएका थिए । प्रारम्भमा राम्रो प्रदर्शन गरेको उक्त घोडा बीचतिर पुगेपछि अचानक सुस्ताएको थियो । जोकी किट्सले भने घोडाले आफ्नो निर्देशन नमानेको दाबी गरेका छन् । 

उनले दौडका क्रममा घोडाले पटक—पटक ठूलो आवाज निकालेर श्वास फेरेको र आफ्नो पिठ्यूँ नराम्ररी हल्लाको पनि बताएका छन् । घोडाका जकी किट्स यसअघि पनि एक प्रतियोगितापछि कारबाहीमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप