घोडामाथि नै ४० दिनको प्रतिबन्ध !
काठमाडौँ । बेलायतमा बुधबार सम्पन्न घोडा दौड प्रतियोगिताका क्रममा शंकास्पद भूमिका देखिएपछि एक घोडामाथि ४० दिनको प्रतिबन्ध लगाइएको छ । जोकी (घोडाको सवारी गर्ने व्यक्ति) माथि पनि छानबिन गरिने भएको छ ।
छानबिनका लागि पठाइएका जोकीको नाम डाइलन किट्स र घोडाको नाम हिल्सिन हो । उक्त प्रतियोगितामा किट्सले हिल्सिनको सवारी गरेका थिए । उक्त घोडा बुधबार वर्केस्टरमा आयोजित प्रतियोगितामा आश्चर्यजनक तरिकाले तेस्रो भएको थियो ।
त्यसपछि उक्त घोडा र घोडाको सवारी गर्ने जोकीमाथि विभिन्न प्रश्न उठाइएको थियो । त्यसैले प्रतियोगिताको आयोजकले आगामी ४० दिनसम्म उक्त घोडालाई दौडमा भाग लिन नदिने निर्णय लिएको समाचारमा जनाइएको छ ।
पाँच वर्ष उमेरको उक्त घोडालाई क्रिस अनरले तालिम दिएका थिए । प्रारम्भमा राम्रो प्रदर्शन गरेको उक्त घोडा बीचतिर पुगेपछि अचानक सुस्ताएको थियो । जोकी किट्सले भने घोडाले आफ्नो निर्देशन नमानेको दाबी गरेका छन् ।
उनले दौडका क्रममा घोडाले पटक—पटक ठूलो आवाज निकालेर श्वास फेरेको र आफ्नो पिठ्यूँ नराम्ररी हल्लाको पनि बताएका छन् । घोडाका जकी किट्स यसअघि पनि एक प्रतियोगितापछि कारबाहीमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण