संविधान र कानूनको प्रतिकुल हुनेगरी विज्ञापन गर्न पाइँदैन : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानूनको प्रतिकुल हुनेगरी कुनैपनि कुराको विज्ञापन गर्न नपाइने बताएकी छन् ।
बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान र कानूनले गरेको व्यवस्थाको प्रतिकुल हुनेगरी विज्ञापन गर्न नपाइने बताएकी हुन् । उनले पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरिएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखापरेको बताइन् ।
मन्त्री शर्माले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताइन् । यद्यपि यस सम्बन्धमा कानूनी व्यवस्था भएपपनि कानूनी दायरा र सजायको पाटो भने कमजोर भएको उनको भनाई छ ।
मन्त्री शर्माले अनलाइन सपिङ गर्न पाउने कि नपाउने भन्ने विषयमा समेत आफूहरुले छलफल गरिरहेको भन्दै यस सम्बन्धमा पनि कानून बनाइने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण