शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संविधान र कानूनको प्रतिकुल हुनेगरी विज्ञापन गर्न पाइँदैन : मन्त्री शर्मा

बिहीबार, २१ असार २०८०, १६ : ५८
बिहीबार, २१ असार २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानूनको प्रतिकुल हुनेगरी कुनैपनि कुराको विज्ञापन गर्न नपाइने बताएकी छन् ।  

बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान र कानूनले गरेको व्यवस्थाको प्रतिकुल हुनेगरी विज्ञापन गर्न नपाइने बताएकी हुन् । उनले पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरिएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखापरेको बताइन् ।  

मन्त्री शर्माले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताइन् ।  यद्यपि यस सम्बन्धमा कानूनी व्यवस्था भएपपनि कानूनी दायरा र सजायको पाटो भने कमजोर भएको उनको भनाई छ ।

मन्त्री शर्माले अनलाइन सपिङ गर्न पाउने कि नपाउने भन्ने विषयमा समेत आफूहरुले छलफल गरिरहेको भन्दै यस सम्बन्धमा पनि कानून बनाइने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप