नवनियुक्त मुख्यमन्त्री थापाले भने–३० दिनभित्र विश्वासको मत लिन्छु
विराटनगर । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।
मुख्यमन्त्री थापाले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गरे । ‘यो गलत छ या यो ठिक छ भन्ने कुरा संविधानले नै यस विषयमा प्रष्ट पार्छ,’ थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौँ । उहाँ सभामुख मात्रै होइन । प्रदेशसभाको सदस्य पनि हो । ९३ जनामै पर्नुहुन्छ । प्रदेशसभाको सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो ।’
सभामुखलाई विवादमा पार्नुभयो उहाँले राजीनामा दिनुहुन्छ भन्ने प्रश्नमा थापाले भने, ‘सभामुखबाट राजीनामा हुँदैन ।’
उनले आफ्ना प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताए । ‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्धि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य, शिक्षा प्राथमिकतामा रहनेछ । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यामबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्छौँ,’ थापाले भने । थापाले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पारे ।
उनले आफूहरुबीच आलोपालोको कुरा नभएको तर, गठबन्धनले नै समग्र कार्यअवधिभर काम सरकार चलाउने दाबी गरे । उनले भोलि हुने शपथग्रहणको क्रममा केही मन्त्रीहरुलाई शपथ गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण