भौतिक मन्त्री ज्वालाले गरे कान्ति राजमार्गको अवलोकन
ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कान्तिपथ राजमार्गको अवलोकन गरेका छन् । शुक्रबार मन्त्रालयका सचिव केशव शर्मा, कान्ति राजमार्ग सडक योजनाका प्रमुख सुरेश न्यौपानेसहित पुगेका मन्त्री ज्वालाले काठमाडौँदेखि हेटौंडा जोड्ने वैकल्पिक राजमार्गको अवस्था बुझ्न आएको बताए ।
हेटौंडादेखि ललितपुर सातदोबाटोसम्म करिब ९० किलोमीटर दुरिरहेको यो राजमार्गको ट्रयाक २०१३ मै खोलिएको थियो । सरकारले मर्मत गर्न सुरुगरेपछि अहिले हेटौंडादेखि काठमाडौँ चल्ने टाटा सुमो, बस चल्छन् । मन्त्री ज्वालाले अध्ययनपछि शनिबारदेखि नै बाटोको काम तिव्रगतिमा लैजाने बताए । उनले अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेट थपेरै भएपनी राजमार्ग २४ सै घण्टा सुचारु गर्न पहल थाल्ने बताए ।
खासगरी बर्सातको समयमा यो राजमार्गलाई दीर्घकालीन रुपमा वैकल्पिक रुपमा प्रयोग गर्ने योजना सरकारको छ । योजना प्रमुख न्यौपानेले आगामी आर्थिक वर्ष ६६ करोड मागिएको बताए । तर, सरकारले २४ करोड मात्रै विनियोजन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण