भौतिक मन्त्री ज्वालाले गरे कान्ति राजमार्गको अवलोकन

ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कान्तिपथ राजमार्गको अवलोकन गरेका छन् । शुक्रबार मन्त्रालयका सचिव केशव शर्मा, कान्ति राजमार्ग सडक योजनाका प्रमुख सुरेश न्यौपानेसहित पुगेका मन्त्री ज्वालाले काठमाडौँदेखि हेटौंडा जोड्ने वैकल्पिक राजमार्गको अवस्था बुझ्न आएको बताए ।
हेटौंडादेखि ललितपुर सातदोबाटोसम्म करिब ९० किलोमीटर दुरिरहेको यो राजमार्गको ट्रयाक २०१३ मै खोलिएको थियो । सरकारले मर्मत गर्न सुरुगरेपछि अहिले हेटौंडादेखि काठमाडौँ चल्ने टाटा सुमो, बस चल्छन् । मन्त्री ज्वालाले अध्ययनपछि शनिबारदेखि नै बाटोको काम तिव्रगतिमा लैजाने बताए । उनले अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेट थपेरै भएपनी राजमार्ग २४ सै घण्टा सुचारु गर्न पहल थाल्ने बताए ।
खासगरी बर्सातको समयमा यो राजमार्गलाई दीर्घकालीन रुपमा वैकल्पिक रुपमा प्रयोग गर्ने योजना सरकारको छ । योजना प्रमुख न्यौपानेले आगामी आर्थिक वर्ष ६६ करोड मागिएको बताए । तर, सरकारले २४ करोड मात्रै विनियोजन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे