प्लास्टिक झोला प्रतिवन्ध : अनुगमनका लागि छुट्टाछुट्टै टोली गठन
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्लाष्टिक झोला प्रतिवन्धसम्बन्धी कार्ययोजना कार्यान्वयन केन्द्रीय अनुगमन समितिले कार्ययोजना कार्यान्वयनबारे अनुगमन गर्ने भएको छ । त्यसका लागि समितिको बैठकले केन्द्रीयस्तरमा बजार अनुगमन एवं उद्योग अनुगमन गर्न छुट्टाछुट्टै अनुगमन टोली गठन गर्नुका साथै कार्ययोजना कार्यन्वयनका लागि मापदण्ड र कार्यविधिहरु निर्माण गर्ने निर्णय गरेको छ । समितिले तत्कालै सवै प्रदेशस्तरीय अनुगमन समितिको बैठक बसी अनुगमन टोली परिचालन गर्ने र समयमै प्रगति विवरण केन्द्रीय अनुगमन समितिमा पठाउने निर्णय गरेको छ ।
सरकारले ४० माइक्रोन भन्दा पातला प्लाष्टिक झोलाको प्रतिवन्ध (उत्पादन,आयात,विक्रीवितरण र प्रयोगमा )लगाउने कार्ययोजना परित गरिसकेको छ । त्यस कार्ययोजना प्रभावकारी कार्यान्वयन एवं कार्ययोजना कार्यान्वयनको अनुगमन गर्न सरकारका मुख्यमसचिवको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण