बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्लास्टिक झोला प्रतिवन्ध : अनुगमनका लागि छुट्टाछुट्टै टोली गठन

शुक्रबार, २२ असार २०८०, १६ : ३५
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्लाष्टिक झोला प्रतिवन्धसम्बन्धी कार्ययोजना कार्यान्वयन केन्द्रीय  अनुगमन समितिले कार्ययोजना कार्यान्वयनबारे अनुगमन गर्ने भएको छ । त्यसका लागि समितिको बैठकले केन्द्रीयस्तरमा बजार अनुगमन एवं उद्योग अनुगमन गर्न छुट्टाछुट्टै अनुगमन टोली गठन गर्नुका साथै कार्ययोजना कार्यन्वयनका लागि मापदण्ड र कार्यविधिहरु निर्माण गर्ने निर्णय गरेको छ । समितिले तत्कालै सवै प्रदेशस्तरीय अनुगमन समितिको बैठक बसी अनुगमन टोली परिचालन गर्ने र समयमै प्रगति विवरण केन्द्रीय अनुगमन समितिमा पठाउने निर्णय गरेको छ ।

सरकारले ४० माइक्रोन भन्दा पातला प्लाष्टिक झोलाको प्रतिवन्ध (उत्पादन,आयात,विक्रीवितरण र प्रयोगमा )लगाउने कार्ययोजना परित गरिसकेको छ । त्यस कार्ययोजना प्रभावकारी कार्यान्वयन एवं कार्ययोजना कार्यान्वयनको अनुगमन गर्न सरकारका मुख्यमसचिवको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप