अमेरिकाले युक्रेनलाई विवादास्पद ‘क्लस्टर बम’ दिने
वासिङ्टन । अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफ्नो ‘निकै कठिन निर्णय’ को बचाऊ गरेका छन् । राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण यो निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिएका छन् ।
युक्रेनका नेताहरुले यो ‘समयसापेक्ष’ कदमको स्वागत गरेका छन् भने रुसले वासिङ्टनको दोगलापनको विरोध गरेका छन् । क्लस्टर बम विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ । बाइडेनले शुक्रबार सीएनएनसँग कुरा गर्दै आफ्ना सहयोगी राष्ट्रहरूलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको बताए । अर्को हप्ता लिथुयानियामा नेटोको सम्मेलनको आयोजना हुँदैछ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा क्लस्टर बमबाट सर्वसाधारणमाथि हुनसक्ने खतराबारे सरकार जानकार रहेको बताउँदै यो बम पठाउन सकेसम्म ढिलाइ गरेको प्रष्टीकरण दिए । उनले युद्धको दौरान युक्रेनलाई कुनै पनि समय रक्षाविहीन अवस्थामा राख्न नसकिने बताए ।
क्लस्टर बमबाट छरिने स–साना बमहरू जमिनमा पुगेर पनि नपड्कने समस्या देखिएको छ । यो लामो समय जमिनमा रहने र पछि मात्र पड्कने हुँदा यसबाट सर्वसाधारणलाई क्षति पुग्ने देखिएको छ । यसलाई बमको ‘डड–रेट’ पनि भनिन्छ । सुलिभानले भने अमेरिकी क्लस्टर बमको डड–रेट २।५ प्रतिशत मात्र रहेको तर रुसी बमको यही दर ३०–४० प्रतिशत रहेको भन्दै आफ्नो निर्णयको बचाऊ गरे ।
तर, युद्धको सुरुमा ह्वाइट हाउसलाई रुसले युद्धमा कथित रुपमा क्लस्टर बम र भ्याकुम बमको प्रयोग गरेको बारे प्रश्न गरिएको थियो । त्यतिबेला तत्कालीन प्रेस सेक्रेटरीले यदि त्यो सत्य हो भने त्यो ‘युद्ध अपराध’ हुने बताएकी थिइन् । मार्टा हुर्टाडोले त्यस्तो बमको प्रयोग तत्काल बन्द गर्नुपर्ने र कुनै पनि ठाउँमा प्रयोग गर्न नहुने बताएकी थिइन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण