बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अदानी समूहको कम्पनीको ६ हजार किलोको पुल चोरी, चार जना पक्राउ

शनिबार, २३ असार २०८०, १५ : ०३
शनिबार, २३ असार २०८०

मुम्बई । अदानी समूहको एक कम्पनीले निर्माण गरेको फलामको पुल चोरी गरेको आरोपमा मुम्बई प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उक्त पुलको तौल ६ हजार किलो रहेको बताइएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार मुम्बईको मलाड (वेस्ट) को नालीमाथि यो पुल बनाइएको थियो । बांगड नगर प्रहरी स्टेसनका एक अधिकारीअनुसार अदानी इलेक्ट्रिसिटीले ठुलो मात्रामा बिजुलीको तार लैजान ९० फुटको यो अस्थायी पुल तयार गरेको थियो । केही महिनाअघि नालामा स्थायी पुल बनेपछि उक्त अस्थायी ढाँचालाई अन्य सारिएको थियो । 

यद्यपि, २६ जुनमा अस्थायी पुल आफ्नो स्थानबाट गायब भएको समाचार आएको थियो । त्यसपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो । जाँचका दौरान पुल अन्तिम पटक ६ जुनमा देखिएको थियो । घटनास्थलमा सीसीटीभी क्यामेरा नभएका कारण प्रहरीले आसपासको क्षेत्रको सर्वेलेन्स क्यामेरामा खोजी सुरु गरेको थियो । यसबाट प्रहरीले ११ जुनमा एउटा ठुलो गाडी पुलको दिशातर्फ अघि बढिरहेको पत्ता लगाएको थियो । प्रहरीले त्यसपछि गाडीको रजिस्ट्रेसनको आधारमा त्यसलाई फेला पारेको थियो । प्रहरीका अनुसार गाडीमा ग्यास कटिङ मेसिन पनि रहेको थियो जसको प्रयोग पुललाई काट्न गरिएको थियो । प्रहरीले फलामको पुल पनि बरामद गरेको बताइएको छ । –बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप