प्रदेश सरकार
कोशी प्रदेश : थप तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, २४ असार २०८०, १० : ३२
विराटनगर । कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनीहरूमध्ये जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य मन्त्रीहरू विनाविभागिय रहेका छन् ।
यससँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय भएको छ । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनेका थिए ।
यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । दोस्रो चरणको सरकार विस्तारमा आफ्नो पार्टीबाट कोही पनि नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण