नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई फाउन्डेसनको सहयोग
काठमाडौँ । बीपी कोइराला इन्डो—नेपाल फाउन्डेसनले आगामी दिनमा पनि नेपालको सुस्तश्रवण क्रिकेट टोलीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । फाउन्डेसनले यसअघि पनि सुस्तश्रवणहरुको नेपाली क्रिकेट टोलीलाई सहयोग गर्दै आएको छ ।
नेपालले सुस्तश्रवणहरुको तीन राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागिता जनाउँदा पनि फाउन्डेसनले आवश्यक सहयोग गरेको थियो । तीन राष्ट्र सम्मिलित उक्त प्रतियोगिता गत अप्रिल २८ देखि मे ६ तारिखसम्म भारतको कोलकातामा आयोजना भएको थियो ।
सुस्तश्रवणहरुको भारतीय क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउन फाउन्डेसनले सुस्तश्रवणहरुको नेपाल क्रिकेट सङ्घलाई आर्थिक सहयोग पनि गरेको थियो ।
उक्त प्रतियोगितामा नेपाली टोलीको सहभागिता, खेलकुद सामाग्री, तयारी, यातायात खर्चलगायतको विषयमा फाउन्डेसनले सहयोग गरेको थियो । यसका अतिरिक्त फाउन्डेसनले सुस्तश्रवण भएको व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन र त्यस विषयमा जनचेतना फैलाउन पनि फाउन्डेसनले सङ्घसँग हातेमालो गर्दै आएको छ ।
यसैक्रममा गत शुक्रबार सुस्तश्रवण भएका क्रिकेट खेलाडीहरूको सम्मानमा अभिनन्दन कार्यक्रममा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा फाउन्डेसनले सङ्घलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सन् १९९१ मा स्थापना भएको फाउन्डेसनले दुई देशबीच सांस्कृतिक, शैक्षिक र खेलकुदबीच सौहादपूर्ण सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण