बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको पदाधिकारी बैठक सुरु, विधान संशोधन गर्ने तयारी

आइतबार, २४ असार २०८०, १६ : २५
आइतबार, २४ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठक पेरिसडाँडामा भर्खरै सुरु भएको छ । पदाधिकारी बैठकमा संगठनको विधान सम्मेलन गर्ने विषयमा छलफल गर्न लागेको हो ।

संगठनको विधान एकातिर कमिटी अर्कोतिर हुँदा भद्रगोल भएपछि विधान सम्मेलन मार्फत व्यवस्थित गर्न लागिएको उपाध्यक्ष नरेश रेग्मीले बताए । 

‘संगठनलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्ने तयारी छौँ । यो विधान सम्मेलनले संगठनभित्र आन्तरिक प्रतिस्पर्धाको ढाको खोलोस् भन्ने छ’ रेग्मीले भने, ‘विधान सम्मेलनपछि संगठन अझ व्यवस्थित भई आगामी सम्मेलन समेत व्यवस्थित हुने अपेक्षा लिएको छ ।’ 

पन्चा सिंह नेतृत्वको कार्यकाल आगामी असोजमा सकिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप