प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै छ : पदम गिरी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको प्रष्टयाएका हुन् ।
आइतबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहो¥याए ।
प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे । नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुरिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाई थियो ।
प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षणनै राजीनामा दिई सकेको हुने जिकिर समेत गरे ।
प्रमुख सचेतक गिरीले सरकारले मिटरब्याँज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि संसदमा मिटरब्याज सम्बन्धी विधेयक संसदमा नल्याएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण