आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै छ : पदम गिरी

आइतबार, २४ असार २०८०, १७ : ५१
आइतबार, २४ असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ । 

एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको प्रष्टयाएका हुन् ।  

आइतबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहो¥याए ।  

प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे । नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुरिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाई थियो । 

प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षणनै राजीनामा दिई सकेको हुने जिकिर समेत गरे ।  

प्रमुख सचेतक गिरीले सरकारले मिटरब्याँज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि संसदमा मिटरब्याज सम्बन्धी विधेयक संसदमा नल्याएको दाबी समेत गरे ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप