महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयको अन्तिम घडीमा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका हुन् ।
मन्त्री सुदन किरातीका अनुसार महानिर्देशकले बुझाएको जवाफबारे अध्ययन भइरहेको रातोपाटीलाई बताए । उनले भने,‘ सबै बुँदामा अधिकारीले जवाफ फर्काएका छन्, हामी अध्ययन गर्दैछौँ । चित्त नबुझे थप एक्सनमा जान सक्छौँ ।’ यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधेका थिए ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । मन्त्री किरातीले तीन दिने स्पष्टीकरणको जवाफ चित्त नबुझे अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण