स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन गर्न प्रदेश र स्थानीय तहलाई मन्त्रालयको परिपत्र
सोमबार, २५ असार २०८०, १८ : २८
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न परिपत्र गरेको छ ।
सोमबार मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई साउन १ गतेदेखि अनिवार्य काज फिर्ता गर्न भनेको छ ।
यस्तै प्रदेश तथा स्थानीय तहमा समायोजन भई रमाना लिएर नगएका चिकित्सक/स्वास्थ्यकर्मीहरूलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ (सात) दिनभित्र रमाना दिई जानकारी दिन मन्त्रालयले आग्रह गरेको छ ।
प्रदेश र स्थानीय तहमा समायोजन भई संघको विभिन्न निकायहरूमा कामकाजमा रहेका चिकित्सक÷स्वास्थ्यकर्मीहरूलाई समायोजन भएको तहमा ७ (सात) दिनभित्र काज फिर्ता गरी सोको जानकारी दिन मन्त्रालयले निर्देशन दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण