मलाई राजनीतिबाट हटाउन खोजिँदैछ : इमरान खान
इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको समस्या अझै कम हुन सकेको छैन । हिजो इमरान खान १२ आपराधिक मुद्दामा आफ्नो बयान रेकर्ड गर्न दुई अनुसन्धान टोलीसामु हाजिर भएका थिए ।
खान विरुद्ध पाकिस्तान दण्ड संहिता र आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । उनी सोही मुद्दामा जवाफ दिन अनुसन्धान टोली सामु हाजिर भएका हुन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले सोमबार वरिष्ठ प्रहरी उपरीक्षक यासिर अफ्रिदी र प्रहरी उपरीक्षक रुखसार मेहदीको नेतृत्वमा रहेको दुई अनुसन्धान टोलीसामु आफ्नो बयान रेकर्ड गराएका छन् ।
यस क्रममा उनलाई २५ वटा प्रश्न सोधिएको थियो । यसमा खानले पाकिस्तान र राष्ट्रिय संस्थाहरूप्रति मेरो कुनै घृणा छैन भनेका छन् ।
'म पाकिस्तानी जनता, पाकिस्तानी सेना, पाकिस्तानी शहीद, गाजी र शहीदहरूको स्मारकलाई हृदयदेखि सम्मान गर्दछु,' उनले बयानमा भनेका छन् । गत मे ९ को घटनाको निन्दा गर्दै इमरानले सो घटनासँग मेरो र मेरो पार्टीका कार्यकर्ताको कुनै सम्बन्ध नभएको बताए । यो उनीविरुद्ध रचिएको षड्यन्त्र मात्रै हो ।
इमरान खानले अगाडी भने, 'मे ९ को घटनाको जिम्मेवारी म कहिल्यै लिने छैन किनभने मेरो विरुद्ध षड्यन्त्र रचिएको थियो । कानून प्रवर्तन एजेन्सीहरूले मेरो विरुद्ध षड्यन्त्र रचेका थिए। सरकारले मलाई र मेरो पार्टीलाई कानुनको घेरामा हाल्न खोजेको छ ।'
उनले मे ९ का घटनाहरूमा पीटीआई कार्यकर्ताहरू संलग्न थिए भन्ने कुरामा सहमत हुन नसकेको पनि जनाएका छन । किनकि ती घटनाहरूसँग सम्बन्धित षड्यन्त्रका प्रमाणहरू आफूसँग रहेका छन् भन्दै जवाफ दिइएको उल्लेख गरिएको छ । आफूलाइ राजनीतिबाट हटाउनका लागि ती सबै षडयन्त्र गरिएको खानले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण