२५ औँ एसियन एथलेटिक्स च्याम्पियनसीपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्टको प्रायोजन

काठमाडौँ । थाईल्याण्डको पटैयामा सञ्चालन हुन लागको २५ औँ एसियन एथलेटिक्स च्याम्पियनसीपमा सहभागी खेलाडीहरूलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । एसियन यथलेटिक्स च्याम्पियनसीपमा को २५ औँ संस्करणको लागि नेपालबाट विभिन्न विधाहरूमा सहभागी जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फूलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोमबहादुर कुमाल र दीपक अधिकारी गरी ७ जना खेलाडीले सहभागी जनाउने भएका छन् । उक्त एथलेटिक्समा सहभागी खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल च्याम्पियनसीपहरुमा विभिन्न पदकहरू हासिल गरिसकेका छन् ।
एसियन एथलेटिक्स एसोसिएसनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन एथ्लेटिक्स च्याम्पियनसीप अघिल्लो पटक चीनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरूबाट खेलाडीहरूले सहभागी जनाउने छन् । सहभागी खेलाडीमध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन एथलेटिक्स मा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागी हुनेछन्, जसमा आयुष कुँवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्पियन हुन् ।
एपीएफ क्लबकी फूलमति राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबहादुर कुमाल ४०० मिटरदेखि ८०० मिटर र दीपक अधिकार १०,००० मिटर दौडमा सहभागी हुने छन् । दीपक अधिकारी एसियन क्रस कन्ट्रीका च्याम्पियन हुन् । काठमाडौँमा भएको एक कार्यक्रमका बीच नेपाल एथलेटिक्स एसोसिएसनका तर्फबाट सचिव आरके विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भिपी निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरूमा प्रायोजकको रूपमा सहभागी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा