पल शाहले भने– ‘बारम्बार प्रहार गर्दा जीवन जिउने अभिलाषा सकिँदो रहेछ’
काठमाडौँ । अभिनेता पल शाहले एकै बिषयमा आफूलाई बारम्बार प्रहार गर्दा जीवन जिउने अभिलाषा सकिने बताएका छन् । सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
केही दिन अगाडि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’मा दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा उनको अहिले व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा आलोचना गर्नेलाई उनले आफ्नो दुःखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो र ? मैले कसैको नाम नलिइकन त्यहाँभित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनि मैले गाली खानु पर्ने हो ?’, उनी अगाडि थप्छन्- ‘म मेरा दुःखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनुपर्ने हो ? म मेरो दुःखमा सधैँ रुनुपर्ने हो या मैले मेरा दुःखका अनुभव हाँसी हाँसी साट्न र जित्न पनि पाउँछु ?’ आलोकलाई आफूले गर्नुपर्ने र गर्न नहुने कुरा सुझाउन समेत उनले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण