आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहले भने– ‘बारम्बार प्रहार गर्दा जीवन जिउने अभिलाषा सकिँदो रहेछ’

मङ्गलबार, २६ असार २०८०, ११ : ०३
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अभिनेता पल शाहले एकै बिषयमा आफूलाई बारम्बार प्रहार गर्दा जीवन जिउने अभिलाषा सकिने बताएका छन् । सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

केही दिन अगाडि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’मा दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा उनको अहिले व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा आलोचना गर्नेलाई उनले आफ्नो दुःखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? भन्दै प्रश्न समेत गरेका छन् । 

‘मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो र ? मैले कसैको नाम नलिइकन त्यहाँभित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनि मैले गाली खानु पर्ने हो ?’, उनी अगाडि थप्छन्- ‘म मेरा दुःखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनुपर्ने हो ? म मेरो दुःखमा सधैँ रुनुपर्ने हो या मैले मेरा दुःखका अनुभव हाँसी हाँसी साट्न र जित्न पनि पाउँछु ?’ आलोकलाई आफूले गर्नुपर्ने र गर्न नहुने कुरा सुझाउन समेत उनले अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप