दुर्घटना
सोलुखुम्बुको लम्जुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त
मङ्गलबार, २६ असार २०८०, ११ : ५५
काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ ।
‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले रातोपाटीलाई बताए ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।
सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण