अन्टार्कटिकामा समुद्री बरफ रेकर्ड न्यून स्तरमा
जेनेभा । अन्टार्कटिकामा समुद्री बरफ रेकर्ड न्यून स्तरमा पुगेको छ । यो औसतभन्दा १७ प्रतिशत कम पुगेको हो ।
यस ठाउँको स्याटेलाइटबाट अनुगमन सुरु भएको बेलादेखि यो सबैभन्दा तल्लो तहमा छ । विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले अन्टार्कटिकामा जुन महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना रेकर्ड भएको जनाएको छ।
जलवायु परिवर्तनको अनुगमन गर्ने विज्ञहरूले यसलाई चिन्ताको विषय भनेका छन् । विश्व जलवायु अनुसन्धान कार्यक्रमका प्रमुख माइकल स्प्यारोले जेनेभामा पत्रकारहरूलाई भने, ‘हामीले आर्कटिकमा समुद्री बरफमा कमी देखेका छौँ, तर अन्टार्कटिकामा थिएन । यो धेरै ठूलो मात्रामा भएको छ।’
डब्लूएमओका अनुसार मे र जुन महिनामा विश्वभरको समुन्द्री सतहको तापक्रम वर्षकै उच्च स्तरमा पुगेको थियो । संगठनले भनेको छ, ‘केवल समुद्रको सतहको तापक्रम बढ्दै गएको छैन, सम्पूर्ण रूपमा समुद्र नै न्यानो हुँदैछ । महासागरहरूले यति धेरै ऊर्जा भण्डारण गरिरहेका छन् कि यो आउने सयौँ वर्षसम्म रहनेछ । एट्लान्टिक महासागरको उत्तरी भागमा अभूतपूर्व बढ्दो समुद्री सतहको तापक्रमले खतराको घण्टी बजाएको छ।’
डब्लूएमओका अनुसार हालै देखा परेको एल निनोले जमिन र समुन्द्र दुवैको तापक्रम बढाउने सम्भावना छ, जसले भविष्यमा थप समुद्री तापको लहर र चरम गर्मीको लहरको जोखिम बढाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण