पाकिस्तानी निर्वाचन आयोगद्वारा इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी
लाहुर । पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानत वारेन्ट जारी गरेको छ । इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानत पक्राउ पुर्जी जारी गरेको छ ।
इसीपीले गत वर्ष पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई)का प्रमुख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो। त्यसैको लागि उनी विरुद्ध वारेन्ट जारी भएको हो ।
खान र चौधरीविरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो । पीटीआईका दुई नेताहरू धेरै चेतावनीका बाबजुद पनि मंगलबार उपस्थित भएका थिएनन्।
निर्वाचन आयोगले अनुरोध स्वीकार गर्दै वकिललाई यस सम्बन्धमा औपचारिक निवेदन पेश गर्न निर्देशन दिए पनि खान र चौधरीविरुद्ध गैर जमानत पक्राउ पुर्जी जारी गर्दै सुनुवाइ २५ जुलाईसम्मका लागि स्थगित गरेको छ ।
गत जनवरीमा लामो कार्यवाही पछि सर्वोच्च अदालतले इसीपीलाई खान, चौधरी र उमर विरुद्ध कार्यवाही जारी राख्न अनुमति दिएको थियो। त्यसपछि निर्वाचन आयोगले उनी विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।
७० वर्षीय खानले गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि विभिन्न अदालतमा धेरै मुद्दाहरू सामना गर्दै आएका छन्। कुनै समय खानका वफादार मानिने चौधरीले पार्टी समर्थकको हिंसापछि गत मे ९ मा पार्टी छाडेका थिए ।
खानलाई इस्लामवाद उच्च अदालत परिसरबाट पक्राउ गरेपछि मे ९ मा देशभर हिंसात्मक विरोध प्रदर्शन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण