कांग्रेस बागमती प्रदेशले दियो सांगठनिक गतिविधिलाई तीव्रता
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीका विभिन्न निकायलाई गतिशिल बनाउन आन्तरिक छलफल थालेका छन् । उनले प्रदेशका २५ मध्ये १३ वटा विभाग गठन गरिसकेका छन् । बागमती कार्यसमितिले पार्टी संगठनलाई सुदृढ गराउने अभियानको थालेको उनको भनाइ छ । पार्टीका विभिन्न विभाग गठन गरिएको छ ।
'विधानत २५ वटा विभाग छ । त्यसमा हामीले थप, घट गर्न सकिने भन्ने विधानमा व्यवस्था छ । अहिलेसम्म हामीले १३ वटा विभाग गठन गरिसकेका छौं । त्यसलाई विस्तार गर्ने काम भइरहेको छ । सात आठ वटा विभागले पूर्णता पाइसकेको अवस्था छ,' बानियाँले भने ।
बागमती प्रदेश कार्यासमिति पार्टी विधानको व्यवस्था अनुसार सञ्चालन भइरहेको उनको दाबी छ । बानियाँले भने, 'केन्द्र र जिल्लामा निमयत बैठक छैन । पार्टी विधान अनुसार चलेन भन्ने गुनासो छ । तर हामीले विधान अनुसार पार्टीका बैठक गरिरहेका छौं ।'
पार्टीको गतिविधिलाई चलायमान बनाएर विधान बमोजिम पार्टीको प्रदेश सम्मेलन गराउने तयारीमा रहेको उनले बताए ।

बानियाँले केही दिनअघि बागमती प्रदेश अन्तगर्तका जिल्ला सभापतिलाई बोलाएर जिल्ला सम्मेलन सम्पन्न गराउन निर्देशन दिएका थिए । 'कतिपय जिल्लाले जिल्ला सम्मेलन गरिसकेको अवस्था पनि छ । केही जिल्लामा केही दिनमा जिल्ला सम्मेलन हुन्छ । पार्टीलाई विधान र विधिसम्म लानुपर्छ,' उनी भन्छन् ।
मुलुक संविधान र पार्टीको विधान संशोधनका लागि पनि प्रदेश कार्यसमितिले बहस थालेको उनले बताए । पार्टीको विधान नेता मुखी नभइ नीति मुखी बनाउनुपर्ने बानियाँको तर्क छ ।
'हाम्रो पार्टीको विधान केन्द्रिकृत भयो कि ? हामीले यसलाई कार्यकर्तामुखी विधान बनाउनुपर्छ,' बानियाँले भने, 'विधानलाई परिस्कृत र परिमार्जन गर्दै नेताले पत्याएकाले टिकट पाउने होइन । पार्टीका साथी भाइले पत्याएको मान्छेले टिकट पाउने नीति बनाउनुपर्छ भन्ने कुरामा हामी लक्षित छौं । विधानलाई संशोधन गर्नुपर्ने मैले देखेको छु ।'
आजको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिले प्रदेशभरिको पार्टीको गतिविधि र निर्वाचनपछिको कांग्रेसको अवस्था, तीन तहमा कांग्रेस ठूलो पार्टी बन्दा पनि जनतामा भएको निराशाको विषय उठाउने बानियाँले बताए । 'जनतामा कसरी भरोसा जगाउन सकिन्छ भन्ने धैरै कुराहरु लिएर आफ्ना कुरा बैठकमा राख्छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण