परिवारसहित अमेरिका पुगे मेसी
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इम्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिका पुगेका छन् । सात पटकको बेलन डीओर विजेता ३६ वर्षीय मेसी परिवासहित अमेरिका पुगेका हुन् । उनको विमान स्थानीय समयअनुसार, मंगलबार अबेर मियामीमा अवतरण गरेको समाचारमा जनाइएको छ । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर यसै सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् ।
केही दिनभित्रै उनी र क्लबमा आबद्ध भएका अन्य नयाँ खेलाडीलाई इन्टर मियामीले औपचारिक रुपमा परिचय गराउने कार्यक्रम रहेको छ । खेलाडीलाई परिचय गराउने आगामी आइतबार इन्टर मियामीले विशेष कार्यक्रम आयोजना गर्ने बताइएको छ । मेसीले यसै महिना (सम्भवतः जुलाई २१ तारिखमा) इन्टर मियामीको तर्फबाट पहिलो खेल खेल्ने पनि समाचारमा जनाइएको छ । मेसीलाई पछ्याउँदै स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि इन्टर मियामीमा आबद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण