भाउ आकासिएपछि गोलभेँडा किन्न भारतीय नेपालमा

भारतमा गोलभेँडाको मूल्य आकासिएको छ । त्यसैले भारतीयहरू गोलभेँडा किन्न नेपालमा आइरहेका छन् । उत्तराखण्डको पिथोरागढ जिल्लास्थित नेपाल–भारत सीमा पार गरेर भारतीय गोलभेँडा किन्न आइरहेका छन् ।
सीमा नजिकै रहेको धारचुला र वनबासाका बासिन्दा भारतमा तोकिएको मूल्यभन्दा आधा सस्तोमा गोलभेँडा किन्न नेपाल आइरहेका छन् । भारतमा हाल गोलभेँडाको मूल्य प्रति केजी १२० देखि १३० सम्म छ । जबकि नेपालमा १०० देखि ११० रुपैयाँ (६२–६९ भारु) मा एक किलो गोलभेँडा पाइन्छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियासँगको कुराकानीमा नेपालको दार्चुलाका बासिन्दा कमल जोशीले नेपालका व्यापारीले हाल दोब्बर बढी आम्दानी गरिरहेको बताएका छन् ।
भारतमा मनसुनको समयमा तरकारीको मूल्य आकासिने नेपालका किसानले बुझेपछि पछिल्ला केही वर्षदेखि किसानले अन्नको साटो तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारीलगायत गोलभेँडाको खेती गरेर भारतमा मूल्य बढेका बेला बेच्ने गरेको जोशी बताउँछन् ।
जोशीका अनुसार किसानले काउली, पालुङ्गो लगायतको खेती गरेर भारतीय बजारमा मूल्य बढेका बेला बेच्ने गर्छन् । नेपाल नजिकै रहेको उत्तराखण्डको पिथोरागढ र चम्पावत जिल्लामा सीमा पारको व्यापार साधारण छ । दुवै देशका जनता पुल तरेर एक अर्काको बजार जाने गर्छन् ।
पिथौरागण्को झुलाघाटका तरकारी विक्रेता तथा स्थानीय व्यापारी सङ्घका प्रमुख सुरेश कुमारले भने, ‘स्थानीय बाहेक व्यापारीले पनि नेपालबाट गोलभेँडा किन्न थालेका छन् । केही स्थानीय व्यापारीले ४० रुपैयाँ प्रतिकिलोमा ठुलो परिमाणमा गोलभेँडा किनेका छन् । साधरणतया आलु, प्याजलगायतका तरकारी भारतबाट नेपालमा आउने गर्छन् । तर अब स्थिति फेरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)
-
गर्मीयाममा तपाईंको पनि आँखा रातो हुने समस्या छ ?
-
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास