भाउ आकासिएपछि गोलभेँडा किन्न भारतीय नेपालमा
भारतमा गोलभेँडाको मूल्य आकासिएको छ । त्यसैले भारतीयहरू गोलभेँडा किन्न नेपालमा आइरहेका छन् । उत्तराखण्डको पिथोरागढ जिल्लास्थित नेपाल–भारत सीमा पार गरेर भारतीय गोलभेँडा किन्न आइरहेका छन् ।
सीमा नजिकै रहेको धारचुला र वनबासाका बासिन्दा भारतमा तोकिएको मूल्यभन्दा आधा सस्तोमा गोलभेँडा किन्न नेपाल आइरहेका छन् । भारतमा हाल गोलभेँडाको मूल्य प्रति केजी १२० देखि १३० सम्म छ । जबकि नेपालमा १०० देखि ११० रुपैयाँ (६२–६९ भारु) मा एक किलो गोलभेँडा पाइन्छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियासँगको कुराकानीमा नेपालको दार्चुलाका बासिन्दा कमल जोशीले नेपालका व्यापारीले हाल दोब्बर बढी आम्दानी गरिरहेको बताएका छन् ।
भारतमा मनसुनको समयमा तरकारीको मूल्य आकासिने नेपालका किसानले बुझेपछि पछिल्ला केही वर्षदेखि किसानले अन्नको साटो तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारीलगायत गोलभेँडाको खेती गरेर भारतमा मूल्य बढेका बेला बेच्ने गरेको जोशी बताउँछन् ।
जोशीका अनुसार किसानले काउली, पालुङ्गो लगायतको खेती गरेर भारतीय बजारमा मूल्य बढेका बेला बेच्ने गर्छन् । नेपाल नजिकै रहेको उत्तराखण्डको पिथोरागढ र चम्पावत जिल्लामा सीमा पारको व्यापार साधारण छ । दुवै देशका जनता पुल तरेर एक अर्काको बजार जाने गर्छन् ।
पिथौरागण्को झुलाघाटका तरकारी विक्रेता तथा स्थानीय व्यापारी सङ्घका प्रमुख सुरेश कुमारले भने, ‘स्थानीय बाहेक व्यापारीले पनि नेपालबाट गोलभेँडा किन्न थालेका छन् । केही स्थानीय व्यापारीले ४० रुपैयाँ प्रतिकिलोमा ठुलो परिमाणमा गोलभेँडा किनेका छन् । साधरणतया आलु, प्याजलगायतका तरकारी भारतबाट नेपालमा आउने गर्छन् । तर अब स्थिति फेरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण