बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छः मन्त्री राई

बिहीबार, २८ असार २०८०, १५ : ३२
बिहीबार, २८ असार २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् । 
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका हुन् । 

उनले सो विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडि बढ्ने बताए । उनले सोही विधेयकमा एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने गरिने बताए  । उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा अगाडी बढाउने सरकारको अठोट रहेको स्पष्ट पारे ।

उनले भने, ‘विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको कुरा निवेदन गर्छु । यो अर्थ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आएपछि क्रमशः अगाडी बढ्ने कुरा निवेदन गर्छु । यसमा नै एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने कुरापनि म निवेदन गर्न चाहन्छु । गेटा मेडिकल कलेजको बारेमा स्वास्थ्य मन्त्रीज्युले चाँडै नै यही आर्थिक वर्षमा मेडिकल कलेज शुरु हुन्छ भनेर जवाफ दिइसक्नुभएको छ । यसलाई विश्वविद्यालयको रुपमा अगाडी बढाउने सरकारको अठोट रहेको र सो सम्बन्धि विधेयकको तयारी भइरहेको कुरापनि म निवेदन गर्न चाहन्छु । ४० हजार राहत शिक्षकहरुको शिक्षण पेशाको स्थायित्वको निम्ति प्रस्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको कुरा पनि निवेदन गर्न चाहन्छु जो चाँडै नै सदनमा आउनेवाला छ ।’

मन्त्री राईले ४० हजार राहत शिक्षकहरुको शिक्षण पेशाको स्थायित्वको सम्बन्धमा प्रस्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप