कर्णाली प्रदेश प्रहरीले चलायो हिरासतमा पुस्तकालय अभियान
सुर्खेत । ‘कारागारमा किताब’ अभियानपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय स्थापना अभियान चलाएको छ ।
त्यसका लागि १० वटै जिल्लाका १४ वटा हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि निर्देशन दिइसकेको छ ।
१० वटा जिल्ला प्रहरी कार्यालय र बाँकी ४ वटा मुद्दा चल्ने इलाका कार्यालयहरू कर्णालीमा रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका डीआईजी भिमप्रसाद ढकालले अबको १५ दिनभित्र पुस्तकालय स्थापना गरिसक्ने गरी निर्देशन दिइसकिएको बताए । प्रदेश प्रहरी कार्यालयमा भने पुस्तकालय स्थापना भइसकेको छ ।
बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै ढकालले भने,‘हामीले विशेष गरी हिरासतमा रहेका व्यक्तिहरुको मनोविज्ञानमा परिवर्तन आउने उद्देश्यसहित यो अभियान थालेका हौँ ।’
स्मरण रहोस्, यसअघि कारागारमा पुस्तक अभियान पनि कर्णालीबाट नै सञ्चालनमा आएको थियो ।
१० वटै जिल्लाका कारागारहरुमा रहेका कैदी बन्दीहरुका लागि ‘कारागारमा किताब’ अभियान सञ्चालन गरिएको थियो ।
डीआईजी ढकालले उक्त अभियानकै प्रेरणाले हिरासतमा समेत पुस्तकालय स्थापना गर्ने सोच आएको बताए ।
‘कारागारबाट हिरासतमा आएकाहरु पनि किताब पढ्नमा रुचि राख्न थाल्नुभयो, त्यसपछि हामीले हिरासतमा पनि पुस्तकालय राखेर उनीहरुको मनोविज्ञानमा सचेतना फैलाउने उद्देश्यसहित यो अभियान थालेका हौँ,’ उनले भने,‘कैदीबन्दीले कारागारमा होस् वा हिरासतमा रहँदा उनीहरुको मनोविज्ञान बदल्ने खालका महत्त्वपूर्ण पुस्तक पढेपछि रुपान्तरण आउँछ नै ।’
साथै, उनले कारागारमा रहेका कैदीबन्दीहरुका लागि निबन्धलगायत प्रतियोगिता पनि गरिने बताए । कारागारमा किताब अभियान भने पूर्व डीआईजी महेश विक्रम शाहको पालादेखि पत्रकार, नागरिक अगुवा र युवाहरुको सहभागीतामा सञ्चालनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण