मधेस प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित
जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेट सर्वसहमतिले पारित भएको छ । बिहीबार प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
बजेटमाथिको छलफल सकेपछि सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएका थिए । त्यसपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका सांसदहरूले प्रस्ताव फिर्ता लिएपछि सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सांसदहरूले सहमति जनाएपछि मधेस प्रदेश सरकारको आर्थिक वर्ष ०८०-०८१ को आय र व्ययको वार्षिक अनुमान सर्वसहमतिले पारित भएको सभामुख मण्डलले घोषणा गरे ।
अर्थमन्त्री सञ्जय कुमार यादवले असार १ गते आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार विनियोजन गरेको बजेट प्रस्तुत गरेका थिए ।
३४ जना सांसदले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।प्रदेश सभाको बैठक आज पनि बस्ने प्रदेशसभाका सचिव रञ्जित यादवले बताए ।
बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्ष नेकपा एमाले चर्को विरोध गरे पनि बजेट पारितमा सहमति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण