मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए संसद अवरोध गर्ने रवि लामिछानेको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको कार्यबाही कार्यसूचीबाट हटेपछि उनले आपत्ति जनाउँदै अर्को बैठकमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए ।
उनले भने– ‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो सभामुख महोदय ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ, र सरकारलाई यो विधेयक यथाशीघ्र संसदमा ल्याउनका निमित्त आह्वान गर्न चाहन्छ । हामी मिटरब्याज पीडितको पक्षमा छौँ । मिटरब्याज पीडितका कारण जसरी नागरिक जिवन मरणको अवस्थामा पुगेका छन्, उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ । फाष्ट ट्रयाकमा ल्याएर पारित गर्ने तयार गरिएकोमा कसको स्वार्थले, कसका कारणले मिटरब्याज पीडितको पक्षमा रहेको यो विधेयक संसदमा ल्याइएन ? यो संसदलाई जानकारी हुनुपर्छ ।’
उनले अर्को बैठकमा सो सम्बन्धी विधेयक कार्यसूचीमा राखिएन भने सदन चल्न नदिने पक्षमा रहने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण