सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

देउवाको गृहजिल्लामा मेयर जोशीले लगाए विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक

शुक्रबार, २९ असार २०८०, २२ : ३२
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकाले विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक लगाएको छ । शुक्रबार परशुराम नगरपालिकाको १३ औं नगरसभाबाट मेयर भरत बडायर जोशीले विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक लगाएका हुन् ।

गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित २९ वर्षीय मेयर जोशीले परशुराम नगरपालिकाभित्रका सरकारी एवम् सामुदायिक विद्यालयहरुमा कुनै पनि प्रकारका राजनीतिक क्रियाकलाप हुन नदिने बताए । उनका अनुसार बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापमा रोक लगाइएको छ । यस्तै राजनीतिक दलका भ्रातृसंस्था गठनका गतिविधि निषेध गरिएको मेयर जोशीले बताए ।

‘सार्वजनिक शिक्षालाई राजनीतिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै विद्यालय शान्ति क्षेत्रको अवधारणालाई  मूर्तरूप दिइने छ,’ उनी भन्छन् । शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने पनि मेयर जोशीले बताए ।

‘अब कार्यान्वयन चरणमा गएका छौँ । पूर्ण इमान्दारिताका साथ काम गर्ने छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप