देउवाको गृहजिल्लामा मेयर जोशीले लगाए विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकाले विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक लगाएको छ । शुक्रबार परशुराम नगरपालिकाको १३ औं नगरसभाबाट मेयर भरत बडायर जोशीले विद्यालयमा हुने राजनीतिक गतिविधिमा रोक लगाएका हुन् ।
गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित २९ वर्षीय मेयर जोशीले परशुराम नगरपालिकाभित्रका सरकारी एवम् सामुदायिक विद्यालयहरुमा कुनै पनि प्रकारका राजनीतिक क्रियाकलाप हुन नदिने बताए । उनका अनुसार बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापमा रोक लगाइएको छ । यस्तै राजनीतिक दलका भ्रातृसंस्था गठनका गतिविधि निषेध गरिएको मेयर जोशीले बताए ।
‘सार्वजनिक शिक्षालाई राजनीतिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै विद्यालय शान्ति क्षेत्रको अवधारणालाई मूर्तरूप दिइने छ,’ उनी भन्छन् । शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने पनि मेयर जोशीले बताए ।
‘अब कार्यान्वयन चरणमा गएका छौँ । पूर्ण इमान्दारिताका साथ काम गर्ने छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण