प्रभु महालक्ष्मी लाइफले सुरु गर्यो एकीकृत कारोबार, सीईओमा भट्टराई
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकीकृत कारोबार सुरु गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको हो । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले एकिकृत कारोबारको शुभारम्भ गरेको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने निर्देशन जारी गरको थियो ।
यससँगै, २०७९ आषाढ ३० गते साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच मर्जरका लागि सम्झौता भएको थियो । २०८० जेष्ठ २६ गते साधारण सभाबाट एकिकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो । मर्जर कार्यक्रममा कम्पनीका सञ्चालक उमेशलाल श्रेष्ठले बीमा बजार झन झन प्रतिस्पर्धी हुँदै गइरहेको बताए । मर्जरपछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशील बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको समेत बताए । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा भट्टराई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण