असार सकिन लाग्दा पनि धान रोपाइँ ५३ प्रतिशत मात्र
काठमाडौँ । असार महिना सकिन लाग्दा पनि देशभर ५३ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर कम रोपाइँ भएको पाइएको हो । गत वर्ष यति बेलासम्म ६५ प्रतिशत रोपाइँ भइसकेको थियो ।
मन्त्रालयका अनुसार १३ लाख ५७ हजार हेक्टरमध्ये सात लाख १८ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिममा ८५ प्रतिशत भएको छ भने सबभन्दा कम मधेस प्रदेशमा २८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ७० प्रतिशत र लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा ४७ प्रतिशत, बागमती प्रदेशमा ४५ प्रतिशत र कोशी प्रदेशमा ५६ प्रतिशत रोपाइँ मात्र भएको छ ।
ढिलो गरी मनसुन सक्रिय भए पनि सबैतिर एक नाशले पानी नपरेको कारण धान रोपाइँमा ढिलो भई रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलका अनुसार मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइँ ढिलो सुरु भएको छ ।
आकाशे भरमा खेती भएको कारण यसपालि सबैतिर एक नाशले पानी नपरेको कारण खेत रोपाइँमा ढिलो भइरहेको मन्त्रालयको दाबी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्किन रोगका कारण गोरुको अभाव भई रोपाइ थोरै प्रभावित भएको जानकारी उनले गराएका छन् ।
बिस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्किन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण