शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आफ्नै उत्पादनमा निर्भर गराउने अर्थतन्त्र विकास गर्नुपर्छ : सुवाल

आइतबार, ३१ असार २०८०, १७ : ४६
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नै उत्पादनमा निर्भर गराउने अर्थतन्त्रको विकास गराउनुपर्ने बताएका छन् ।

संसदमा बोल्दै सुवालले  निर्यातलाई प्रवर्द्धन गर्ने अर्थशास्त्रीहरु उत्पादन गर्ने विश्वविद्यालयले उत्पादन गर्नुपर्ने बताए ।

‘निर्यातलाई प्रवर्द्धन गर्ने अर्थशास्त्री उत्पादन गर्न विश्वविद्यालय तयार गर्नुपर्छ । देशको सन्तुलित विकास गर्ने विश्वविद्यालय चाहिएको छ । राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नुपर्छ’ सुवालले भने, ‘युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था मिलाउनुपर्छ । उत्पादनलाई श्रमसँग जोडेर शिक्षा दिने विश्वविद्यालय चाहिन्छ ।’ 

सर्टिफिकेटसँगै यो काम गर्न सक्छु भन्ने विद्यार्थी तयार गरेमा राज्यलाई राम्रो हुने सुवालले बताए । नेपालको अर्थतन्त्र वार्षिक ४ खर्ब घरखेत बेचेर विदेश गएकाले रोक्नुपर्ने सुवालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप