आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्रले निकाल्यो एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना

आइतबार, ३१ असार २०८०, २० : ५०
आइतबार, ३१ असार २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ ।

सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशन गरिएको छ ।

प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ । आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।

आइतबार १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएका सिसम–७ का  निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् ।

२०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछन् ।

विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने डिएसपी थापाले जानकारी दिए । ‘विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ’ डिएसपी थापाले भने– ‘सशस्त्रमा विगत केही वर्षयता सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवा हुन लागेको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप