बर्दिबास निजगढ रेलसेवा छिट्टै सञ्चालनमा आउँछ : मन्त्री ज्वाला
जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बर्दिबासदेखि निजगढसम्मको रेलसेवा छिट्टै सञ्चालनमा आउने बताएका छन् ।
आइतबार महोत्तरीको भंगहा नगरपालिकास्थित भंगहा(बिजलपुरा) स्टेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री ज्वालाले यो रेलसेवा यहिसम्म मात्रै नभई बर्दिबासदेखि निजगढसम्म पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।
उनले सरकारको सोही लक्ष्य अनुरुप रेलमार्ग निर्माणको कार्य अगाडि बढिरहेको र आवश्यक पुलहरु निर्माण भैरहेको समेत बताए ।
‘रेलमार्ग विस्तार भयो भने अझै धेरै जनतालाई सेवा पुर्याउन सक्ने छौं, उनले भने, सरकारको तर्फबाट डिपीआर तयार भइसकेको छ । केही समयपछि निर्माण प्रकृयालाई अगाडि बढाउने छौं’ मन्त्री ज्वालाले भने, ‘व्यापार क्षेत्रको विकास व्यवसाय र आर्थिक समृद्धिका लागि रेलसेवा अपरिहार्य हो । नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निभाउने रेलसेवालाई तिव्र रुपमा अगाडि बढाउन सरकारले चाहेको छ ।’
त्यस्तै हुलाकी राजमार्गको पुल निर्माणको काम पनि तिब्र रुपमा अगाडि बढाउने गरी लैजाने मन्त्री ज्वालाले बताए । उनले कमला पुलको निर्माण कार्य पनि छिट्टै सम्पन्न हुने विश्वास दिलाए ।
‘जहाँ–जहाँ बजेट छुट्याइको छ टेण्डर भएको छ र सम्झौता भएको छ, त्यहाँ छिट्टो भन्दा छिट्टो काम अगाडि बढाइनेछ,’ उनले भने, ‘ठेक्का सम्झौता भएर पनि काम नगरे, समयमा काम सम्पन्न नगरे अथवा काम अगाडि नबढे त्यस्ता सम्झौताहरु रद्द गरेर अगाडि बढ्छौं ।’
मन्त्री ज्वालाले मन्त्रालयका कर्मचारीहरुले पनि काममा कन्जुस्याई र अनियमितता गर्न गर्न नपाउने बताए । मधेस प्रदेशको लाइफलाइन रुपमा रहेको फास्ट ट्रयाक निर्माणको कामलाई पनि त्यतिकै तिब्रता दिरहेको उनले बताए । उनले २०८२ सालभित्र फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न गरेरै छोड्ने संकल्प लिएको र त्यो पुरा गर्ने प्रतिवद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण