भुक्तानी माग्दै रौतहटमा निर्माण व्यवसायी आन्दोलित
रौतहट । रौतहटस्थित निर्माण व्यवसायी संघ आवद्ध व्यवसायीहरूले भुक्तानीको माग गर्दै दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
गत आर्थिक वर्षमा सम्पन्न भइसकेको योजनाको करोडौँ रुपैयाँको भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आइतबारदेखि डिभिजन सडक कार्यालय रौतहट चन्द्रनिगाहपुरविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
पहिलो दिन आइतबार व्यवसायीहरू डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा तालाबन्दी गरी धर्ना सुरु गरेका थिए। लिनुपर्ने करोडौँको भुक्तानी आर्थिक वर्षको अन्तिम दिनसम्म पनि नहुँदा संघका अध्यक्ष कृष्णदेव यादवको नेतृत्वमा गएका व्यवसायीहरूले आइतबार डिभिजन कार्यालयको मूल गेटमा तालाबन्दी गरेका थिए।
तालाबन्दी पछि निर्माण व्यवसायीको टोलीले डिभिजन सडक कार्यालय अगाडि टायर बालेर समेत विरोध प्रदर्शन गरेका थिए।
संघका अध्यक्ष इन्जिनियर यादवका अनुसार डिभिजन सडक कार्यालय रौतहट मातहत निर्माणको काम गरेका साना ठुला गरी ४० भन्दा बढी व्यवसायीको २६ करोड भन्दा बढी भुक्तानी लिनुपर्ने बक्यौता रहेको छ। डिभिजन प्रमुख दारोगा साहले यस आर्थिक वर्षभित्र जसरी पनि भुक्तानी हुन्छ भन्दै आश्वासन मात्र दिएको उनको आरोप छ ।
सोमबार पनि व्यवसायीहरू बिहानैदेखि डिभिजन कार्यालय अगाडी धर्नामा बसेका छन् । रौतहट निर्माण व्यवसायी संघका महासचिव श्रीकान्तप्रसाद यादवले आन्दोलन भोलिदेखि अझै सशक्त हुने बताएका छन्।
व्यवसायीहरूको आन्दोलन सुरु भएदेखि डिभिजन प्रमुख साह कार्यालय आउन छोडेका छन् । उनलाई लाई पटकपटक फोन गर्दा उनले रिसिभ गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण