शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो : प्रदीप ज्ञवाली

सोमबार, ०१ साउन २०८०, १४ : १८
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन् । 

 त्रिभुवन विश्वविद्यालय नेपाल र एशीयाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न सरकारलाई सचेत गराए । 
प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखि विद्युत खरिद सहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए । 

 पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले बताए । 
उनले भने, ‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा बिचलनहरु देखा पर्न थालेका छन् । सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला कि । तर नेपालजस्तो देशले धेरैधेरै मूल्य चुकाउनु पर्छ ।’

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताइन् । 

 दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोही अनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उनको तर्क थियो । 

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त हुने खालको परराष्ट्रनीति नीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रबीद्हरुलाई आग्रह गरे । 
नेता कार्कीले भारत र चीनबीच नेपालले सुमधुर सम्बन्ध कायम  राखेर जानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप