योकोभिचलाई हराएपछि अल्कारजले भने ‘जीवनकै सबैभन्दा खुसीको क्षण’
काठमाडौँ । २० वर्षीय युवा खेलाडी कार्लोस अल्कारजले आफ्नो खेलजीवनको दोस्रो ग्रान्डस्लाम उपाधि जितेका छन् । विश्व टेनिसको सबैभन्दा पुरानो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि चुमेपछि उनले भने, ‘यो मुरो खेलजीवनकै सबैभन्दा खुसीको क्षण हो ।’
उनले यसो भन्नुको पछाडि उपाधि जित्नुको खुसीमात्र थिएन । बरु उनले फाइनलमा हराएका खेलाडीको उचाइँ नै यति ब्यापक थियो कि त्यसले अल्कारजको खुसीलाई असिमित बनाइ दियो । स्पेनिस खेलाडी अल्कारजले फाइनलमा सर्बियन खेलाडी नोभाक योकोभिचलाई हराएका थिए ।
३६ वर्षीय अनुभवी खेलाडी योकोभिचले हालसम्म विम्बल्डनको उपाधि मात्र सात पटक जितिसकेका छन् । उनी आठौं विम्बल्डन उपाधिको खोजीमा थिए । तर, अल्कारजले योकोभिचको त्यो सपनालाई पुरा हुन दिएनन् ।
प्रतिस्पर्धात्मक फाइनलमा अल्कारले योकोभिचलाई १—६, ७—६ ९८—६०, ६—१, ३—६, ६—४ अंकले हराएका हुन् । योकोभिचले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । अर्कोतिर, अल्कारजको भने यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । अल्कारजले यसअघि सन् २०२२ मा यूएस ओपनको उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण