मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सम्पत्ति सार्वजनिक (विवरणसहित)

सोमबार, ०१ साउन २०८०, १६ : ०५
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । उपाध्यक्ष अर्यालले साउन १ गते सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् । 

अर्यालले बुझाएको तथा सार्वजनिक गरेको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । 

u

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

संघीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद्का दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप