क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयो : अध्यक्ष न्यौपाने
काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन् ।
मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले बताएका हुन् । उनले क्रसर व्यवसायीहरुको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुबाट प्रचारप्रसार भएको बताए । उनले क्रसर उद्योगहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए ।
अध्यक्ष न्यौपानेले निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिब ४० अर्ब लगानी रहेको बताए । उनले अझ मेसिनहरुमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको बताए । उनले क्रसर उद्योगहरुले सरकारको कानूनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको बताए । उनले नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरुले अनुमति लिएर वित्तीय संस्थाहरुको ऋणमार्फत उद्योग सञ्चालन आएको बताए ।
अध्यक्ष न्यौपानेले धेरै लगानी गरेर पनि मुलुकको कानूनसम्मत रुपमा सञ्चालनमा रहेका उद्योगहरुको नवीकरण तत्काल गर्नुपर्ने बताए । उनले नवीकरण नहुँदा धेरै कुराहरु बैंकमा खाता समेत खोल्न समेत नपाएको बताए । उनले क्रसर उद्योगहरुको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको दाबी गर्नुभयो। उहाँले क्रसर व्यवसायीहरु माथि सरकारले लगाएको मापदण्डले व्यवसायीहरुको धराशायी बन्ने अवस्था रहेको बताए ।
महासंघले क्रसर व्यवसायीहरु जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुमा कर, दस्तुर, शुल्क लगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणका भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझ्न नमानेको र उद्योगहरु नवीकरण समेत नभएको बताएको छ । व्यवसायीहरुले माघमा मन्त्री परिषद्ले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योगहरु निरन्तर नवीकरण गर्न लिखित निर्देशन आएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण