महिनौंको कैदपछि इरिट्रियाबाट यमनी मछुवा मुक्त
यमन । इरिट्रियामा महिनौँदेखि हिरासतमा राखिएका दर्जनौं यमनी मछुवाहरू यमनको रेड सीको बन्दरगाह सहर होदेइदामा फर्केका एक सरकारी अधिकारीले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएका छन् ।
नाम नबताउने शर्तमा स्थानीय अधिकारीले भने, 'इरिट्रियाको एक टापु टर्मामा करिब तीन महिनादेखि बन्धक बनाइएका ८० जना यमनी मछुवाहरू रिहाइपछि सोमबार अबेर होदेइदा प्रान्तको दक्षिणमा रहेको अल खावखाह बन्दरगाहमा आइपुगेका छन् ।'
इरिट्रियाली अधिकारीहरूले यमनका माछा मार्ने डुङ्गाहरूलाई आफ्नो जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेपछि रोकी पक्राउ गरिएको बताएका छन् ।
अस्मारास्थित यमनी दूतावासको अनुरोधपछि पक्राउ परेका मछुवाहरूलाई रिहा गरिएको थियो तर उनीहरूका डुङ्गा र माछा मार्ने उपकरणहरू जफत गरिएको छ ।
हालै रिहा भएका मछुवाहरूको बयानअनुसार इरिट्रियामा अझै १०० भन्दा बढी यमनी मछुवाहरू जेलमा छन् ।
सन् २०१७ देखि यमनको रेड सीको तटीय क्षेत्रको पश्चिमी किनारामा बसोबास गर्ने मछुवाहरू यमनको सरकारी फौज र हुथी विद्रोहीहरूबीच निरन्तर सैन्य द्वन्द्वका कारण अस्थिर परिस्थितिको सामना गर्नुपरेको छ ।
यमन सरकारले इरिट्रियाली नौसेनाविरुद्ध यमनी मछुवाहरूलाई रेड सीको यमनी क्षेत्रबाट पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण