आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

विराटनगर महानगरपालिका : पदाधिकारीको सुविधा तथा बैठक भत्तामै सकियो अढाई करोड

मङ्गलबार, ०२ साउन २०८०, १९ : ३८
मङ्गलबार, ०२ साउन २०८०

विराटनगर । विराटनगर महानगरपालिकाको गत आर्थिक वर्ष २०७९/०८० मा संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो । त्यसको तुलनामा महानगरपालिकाले ९३ करोड ७५ लाख रुपैयाँ कम अर्थात् तीन अर्ब २३ करोड ३४ लाख ३६ हजार ११३ रुपैयाँ मात्रै आम्दानी गर्न सक्यो । 

उक्त आम्दानी पनि गत वर्षको मौज्दात रकम ५७ करोड ३२ लाख ५८ हजार ४६३ रुपैयाँ जोडेर पुगेको हो । 

b

महानगरले आर्थिक वर्ष २०७९/०८० मा भने २ अर्ब ७७ करोड ५१ लाख ३८ हजार ८१३ रुपैयाँ खर्च गरेको छ । महानगरले नगद मौज्दातबाहेक २ अर्ब ६६ करोड १ लाख ७७ हजार २५० रुपैयाँ मात्रै आम्दानी गरेको छ । 

महानगरले आम्दानीको तुलनामा ११ करोड ४९ लाख ६१ हजार ५६३ रुपैयाँ बढी खर्च गरेको हो । महानगरले यो बीचमा ३ करोड २९ लाख ४९ हजार २५ रुपैयाँ ऋण पनि लिएको छ । 

अघिल्लो आर्थिक वर्षको नगद मौज्दातका कारण महानगरलाई खर्चमा अतिरिक्त भार बोक्नु नपरेको हो । १ अर्ब ६४ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरले लक्ष्यभन्दा २९ करोड ६९ लाख ३४ हजार ७२० रुपैयाँ कम अर्थात् ७० करोड ९४ लाख ६५ हजार २८० रुपैयाँ मात्रै संकलन गरेको छ ।

b1 

भत्ता, सुविधा र कार्यक्रम गोष्ठीमै बजेट झ्वाम

यस्तै, महानगरपालिकाले धेरै रकम पदाधिकारी भत्ता, सुविधा, विभिन्न गोष्ठी तथा कार्यक्रम र इन्धन खर्चमा सकेको छ । उसले अन्य भत्ता शीर्षकमा मात्रै २ करोड ९ लाख ४८ हजार ७१४ रुपैयाँ सकेको छ । 

उता पदाधिकारीको बैठक भत्तामा ७५ लाख ६९ हजार ६९६ रुपैयाँ, पदाधिकारीको अन्य सुविधा शीर्षकमा थप १ करोड ८४ लाख ४७ हजार रुपैयाँ सकेको छ । 

यस्तै पदाधिकारीको इन्धन खर्चमा ११ महिना (जेठसम्म) मा ४७ लाख ३३ हजार १६९ रुपैयाँ सकिएको भएपनि असार एक महिनामै खर्चको रेसियो बढेर थप १२ लाख ६६ हजार सकिएको छ । यसरी हेर्दा पदाधिकारीले १ वर्षमा झण्डै ६० लाख अर्थात् ५९ लाख ९९ हजार १६९ रुपैयाँ इन्धन खर्चमा सकेका छन् । 

अनि, कार्यालय प्रयोजनका लागि महानगरले इन्धनमा १ करोड ६ लाख ९५ हजार ९२७ रुपैयाँ खर्च गरेको छ । सवारी साधन मर्मतमा ६८ लाख ६९ हजार सकेको महानगरले पुस्तक तथा सामग्रीमा मात्रै १ करोड ५४ लाख ४७ हजार ३०२ रुपैयाँ खर्चिएको छ ।

अन्य कार्यालय सञ्चालन खर्च शीर्षकमा २ करोड ४६ लाख ९४ हजार सकेको महानगरपालिकाले कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीमा मात्रै ९५ लाखभन्दा बढी रकम खर्च गरेको छ । 

असार महिनामा मात्रै कार्यक्रम खर्चमा ५ करोड २८ लाख १९ हजार १४९ रुपैयाँ सकेको महानगरपालिकाले जम्मा १८ करोड ८४ लाख ६६ हजार ५५८ रुपैयाँ कार्यक्रममा खर्च गरेको छ । 

विविध कार्यक्रम खर्च शीर्षकमा महानगरपालिकाले थप ११ करोड ७३ लाख ५७ हजार ६५४ रुपैयाँ खर्च गरेको छ । उक्त शीर्षकअनुसार महानगरले असार महिनामै २ करोड ३० लाख ६४ हजार ७०५ रुपैयाँ खर्च गरेको छ । 

यस्तै, भ्रमणमा २२ लाख २५ हजार ५२४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा थप ११ लाख ५९ हजार ३३३ रुपैयाँ र अन्य भ्रमणको नाममा २२ लाख २५ हजार ५२४ रुपैयाँ खर्च गरेको छ । 

महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा चालू खर्चतर्फ १ अर्ब ५१ करोड ८३ लाख, पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार तथा वित्तीय व्यवस्थातर्फ ऋणको सावा ब्याज भुक्तानी ५ करोड विनियोजन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप