स्थानीय तहका जनप्रतिनिधि अझै जबाफदेही बन्नुपर्छ : सभामुख घर्ती मगर
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरू थप जबाफदेही र जनमैत्री बन्नुपर्ने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका गाउँभाको १३ औँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख मगरले स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरू थप जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।
उनले प्रदेशसभाले जनताको काम गर्ने सवालमा कानुनी समस्या भए हल गर्न तत्पर रहेको बताए ।
सभामुख मगरले जनप्रतिनिधिहरूलाई कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका ऐन कानुनको जटिलताको हल गर्न प्रदेश सभा सधैँ तयार रहेको पनि बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा पालिकामा प्रदेश सभा प्रत्येक रूपमा जोडिने गरी काम गर्ने योजनमा प्रदेश सभा रहेको उनको भनाई थियो ।
पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण जी. सी. समाजसेवी गोपाल पोखरेल ,उपाध्यक्ष कान्ता अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण