मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा १० लाख रूपैयाँ बराबरका मोबाइल र पार्टपुर्जा बरामद

बुधबार, ०३ साउन २०८०, १२ : ३६
बुधबार, ०३ साउन २०८०

बुटवल । बुटवलबाट करिब १० लाख रुपैयाँ बराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा प्रहरीले बरामद गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय रुपन्देहीेबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार ५ सय रुपैयाँ मूल्य बराबरको मोबाइल र पाटपुर्जा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामू अर्यालका अनुसार ती सामानसहित शुद्धोधन गाउँपालिका–४ का २३ वर्षीय दिनानाथ थारु पक्राउ परेका छन् । उनीसँगबाट एउटा स्कुटर र विभिन्न किसिमका २३ थान मोबाइल बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रहरीले चार्जर, ब्याट्री र मोबाइलका डिस्प्लेलगायतका सामान बरामद गरी भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप