सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिए : करिश्मा

बुधबार, ०३ साउन २०८०, १२ : ४१
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ चलचित्र ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन् । महानगरले चलचित्रलाई जरिवाना तिराउँदा चलचित्रको ठुलो विज्ञापन भएको तर्क मानन्धरले गरेकी हुन् ।

काठमाडौँका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले ‘बगान’ लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । काठमाडौँ महानगरपालिकाको विज्ञापनसम्बन्धी निर्देशिकामा महानगरका सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्प्लेट टाँस्न बन्देज गरिएको छ । यसमा १ लाख रुपैयाँसम्मको जरिवाना गर्न पाउने व्यवस्था रहेको छ ।

मानन्धरले सामाजिक सञ्जालमा भनेकी छन्, ‘महानगरले हामीलाई ५० हजारको जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो । कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान । जय बालेन ।’

सरोज खनालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रमा सरोज खनाल र करिश्मा मानन्धरसहित आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाललगायतको अभिनय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप