बरामद सुन थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन राजश्व अनुसन्धान विभाग हरिहरभवनमा जोखेर राष्ट्र बैंककाे टक्सार माहाशाखामा पठाउने तयारी गरिएको छ । हङकङबाट ल्याइएको करिब एक क्विन्टल हाराहारीमा अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधवार बरामद गरेको थियो ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अधिकृत तोकेर तस्करीको सुनको अनुसन्धान अघि बढाइने बताए । ढुंगानाले भने, ‘अहिले अनुसन्धानकै क्रममा छ, थप अनुसन्धान गर्न अधिकृत तोकिन्छ ।’ सुनबारे थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने तयारी भैरहेको उनको भनाई छ ।
उनले अहिलेसम्म नेपाल राष्ट्र बैंकमा नपठाइएको र आवश्यक प्रक्रिया पुर्याएर पठाउने तयारी भैरहेको जानकारी दिए । समातिएको सुन केन्द्रीय बैंकको टक्सार माहाशाखामा पठाउने गरिन्छ । त्यहाँ सुनमा रहेको मिसावट र शुद्धताबारे अनुसन्धान गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण