विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ
काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।
सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने ढुङ्गानाले बताए ।
सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बतायो ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण