सुन तस्करी प्रकरण : तस्करले तिरेका थिए ४८० डलरको भन्सार राजश्व
काठमाडौँ । सुन तस्करले हङकङबाट ल्याएको करिब १०० किलोग्राम सुन ल्याउँदा जम्मा ४८० अमेरिकी डलरको राजश्व तिरेको पाइएको छ । हङकङबाट ‘ब्रेक प्याड’मा लुकाएर ल्याइएको उक्त परिणामको सुनको मूल्याङ्कन ४८० डलर गरेर उक्त मूल्यको मात्रै भन्सार तिरेको पाइएको हो ।
त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्विका खनालले तस्करले १६० वटा ‘ब्रेक प्याड’सेटको भन्सार जाँच पास भएकाे बताएका हुन् । उक्त ब्रेक प्याडको मूल्य प्रतिसेट ३ डलर मूल्याङ्कन गरिएको थियो ।
सुन लुकाइएको ब्रेक प्याड सेट आयातकर्ता रेडी ट्रेड प्राली हो । यो सामान जुलाई १५ को दिउँसो ३ बजेको क्याथे प्यासिफिकको फ्लाइटबाट त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । यसपछि, जुलाई १८ (असार २ गते) मा गोदामबाट निकालिएको खनालले रातोपाटीलाई जानकारी दिए ।
यसका लागि तस्करले सोही दिनको दिउँसो १२ बजे प्रज्ञापन पत्र भरेका थिए । भन्सार एजेन्ट यादव पराजुली (७८२ नम्बर) को नामबाट राजेन्द्र राईले सामान छुटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण