तस्करीको थप सुन खोज्न राजस्व र सशस्त्र प्रहरीको पाँच टोली परिचालन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गर्यो । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।
क्याथे प्यासेफिकको उडानमार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ । राजस्व अनुसन्धान विभागले सो सुनको ‘कनेक्सन’ खोजिरहेको छ । सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ६ जनाको बयानका आधारमा काठमाडौँ उपत्यकामा अहिले ‘अपरेसन’ चलाइएको छ ।
राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले त्यस्तो अपरेसन चलाएका हुन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको नेतृत्वमा सशस्त्र प्रहरीका डिएसपी प्रदीप राई अपरेसनमा सहभागी छन् । सुन ल्याउने समूहले काठमाडौँका विभिन्न ठाउँमा थप सुन लुकाएको सूचनाका आधारमा ५ वटा टिम परिचालन गरिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘अहिले ५ वटा टोली बनाएर अपरेसन भइरहेको छ, अझै थप सुन बरामद हुने सम्भावना छ ।’
सुन ओसारपसारमा संलग्न आरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतीय नागरिक थाप्तेन छिरिङ छन् । अरु दुई जनाको नाम विभागले सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण