अपडेट : बाँकी १३ वटा प्याकेजमा भेटिएन सुन
काठमाडौँ । तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँच गरेको छ । यद्यपि, ती प्याकेजहरूमा सुन भने फेला नपरेको विभागले जनाएको छ ।
करिब १ सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले नै मगाएको अर्को खेप सामान रहेको सूचनामा विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो । यद्यपि, विमानबाट अन्य कम्पनीको नाममा आएका सामानहरू भेटिएको हो ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सो विमानबाट ३६ वटा प्याकेज आएका थिए । कार्यालयमा १३ वटा प्याकेज बाँकी रहेका थिए । ‘अपरेसन गर्दा केही पनि फेला परेन,’ पौडेलले भने । गोदाममा अन्य सामानको पनि चेकजाँच गर्ने तयारी गरिएको छ ।
यसअघि, विभागकै टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो समातेको थियो । सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।
रेडी ट्रेड प्रालिको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण