कर्मचारीलाई कारबाही गर्न मन्त्रालयको पत्र कुर्दै भन्सार विभाग

काठमाडौँ । अवैध सुन प्रकरणमा संलग्नता रहेको संकाको घेरामा समेटिएका कर्मचारीलाई निलम्बनको तयारी अन्तिम चरणमा पुगेको छ । आफ्ना कर्मचारीलाई कारबाही गर्ने सिफारिस भन्सार विभागले अर्थ मन्त्रालय पठाइसकेको छ । तर, सचिवले गर्नुपर्ने निर्णयलाई कुरेर बसेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले रातोपाटीलाई बताए ।
‘यताबाट सिफारिस गएको छ । मन्त्रालयका सचिवले गर्ने निर्णय हो,’ उनले भने, ‘उताबाट निर्णय भएपछि मात्रै नाम सार्वजनिक गर्छौं ।’ भन्सार जाँचपासको समयमा ड्यूटीमा रहेका कर्मचारीहरु मुख्य संकाको घेरामा छन् ।
‘अहिले प्रक्रिया अघि बढेको छ । मन्त्रालयको सिफारिस गइसकेको छ,’ खड्काले भने । हाल विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द्र र नायब सुब्बा कुमार ढकालको संलग्नता रहेको आशंका छ । तर, यी कर्मचारी अवैध सुन प्रकरणमा संलग्न भए/नभएको बताउन नमिल्ने उनको भनाई छ ।
तर, कारबाहीमा पर्ने कर्मचारीको संख्या २ वा २ भन्दा बढी समेत हुन सक्ने खड्काको भनाई छ । निलम्बनको प्रक्रिया केही महिना काम गर्न नमिल्ने गरी र पुष्टीभएपछि पूर्ण कारबाही हुनेगरी अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
-
दुई बुँदे सहमतिलाई लिएर माओवादीमा फरक फरक धारणा