कर्मचारीलाई कारबाही गर्न मन्त्रालयको पत्र कुर्दै भन्सार विभाग
काठमाडौँ । अवैध सुन प्रकरणमा संलग्नता रहेको संकाको घेरामा समेटिएका कर्मचारीलाई निलम्बनको तयारी अन्तिम चरणमा पुगेको छ । आफ्ना कर्मचारीलाई कारबाही गर्ने सिफारिस भन्सार विभागले अर्थ मन्त्रालय पठाइसकेको छ । तर, सचिवले गर्नुपर्ने निर्णयलाई कुरेर बसेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले रातोपाटीलाई बताए ।
‘यताबाट सिफारिस गएको छ । मन्त्रालयका सचिवले गर्ने निर्णय हो,’ उनले भने, ‘उताबाट निर्णय भएपछि मात्रै नाम सार्वजनिक गर्छौं ।’ भन्सार जाँचपासको समयमा ड्यूटीमा रहेका कर्मचारीहरु मुख्य संकाको घेरामा छन् ।
‘अहिले प्रक्रिया अघि बढेको छ । मन्त्रालयको सिफारिस गइसकेको छ,’ खड्काले भने । हाल विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द्र र नायब सुब्बा कुमार ढकालको संलग्नता रहेको आशंका छ । तर, यी कर्मचारी अवैध सुन प्रकरणमा संलग्न भए/नभएको बताउन नमिल्ने उनको भनाई छ ।
तर, कारबाहीमा पर्ने कर्मचारीको संख्या २ वा २ भन्दा बढी समेत हुन सक्ने खड्काको भनाई छ । निलम्बनको प्रक्रिया केही महिना काम गर्न नमिल्ने गरी र पुष्टीभएपछि पूर्ण कारबाही हुनेगरी अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण