अवैध सुन प्रकरण
चीन उड्न लागेका शंकास्पद चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
बिहीबार, ०४ साउन २०८०, १६ : ३७
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ओसार–पसारमा संलग्न आशंकामा एक जनालाई पक्राउ गरिएको छ । चीन जान लागेका जीक्वाङ लिनलाई पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले रातोपाटीलाई बताए ।
‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने– ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’
बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको करिब १ सय किलो सुन कारोबारमा उनी संलग्न रहेको विभागको आशंका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण