अवैध सुन प्रकरण
चीन उड्न लागेका शंकास्पद चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
बिहीबार, ०४ साउन २०८०, १६ : ३७
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ओसार–पसारमा संलग्न आशंकामा एक जनालाई पक्राउ गरिएको छ । चीन जान लागेका जीक्वाङ लिनलाई पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले रातोपाटीलाई बताए ।
‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने– ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’
बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको करिब १ सय किलो सुन कारोबारमा उनी संलग्न रहेको विभागको आशंका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?